Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

  • काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेश सँग हार बेहोरेको छ ।

    images
    images
    images

    बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    यो नेपालको चौथो खेलमा तेस्रो हार हो । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो ।

    त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो ।

    त्यस्तै तेस्रो खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने चौथो खेलमा नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्यो ।

    images

    अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् ।

    डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

    नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij