Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

विश्वकप: मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

विश्वकप: मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

  • काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्युजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा अफ्रिकन टोली मोरक्कोले पाँचपटकको च्याम्पियन ब्राजिलसँग अंक खोसेको हो।

    onlinepatrika
    Arghakhachi

    पाँच पटकको विश्वविजेता ब्राजिलले सन् १९३४ यता विश्वकपको आफ्नो पहिलो खेलमा हार बेहोर्नु पर्ने अवस्था टार्न ब्राजिललाई अन्तिम सम्म मोरक्को सँग जोगिनु परेको थियो।

    AGNI GROUP

    खेलको २१औँ मिनेटमा गोलकिपर एलिसन बेकर र रक्षक गाब्रिएल तथा मार्किन्होसबीचको समन्वय अभावको फाइदा उठाउँदै इस्माइल साइबारीले बक्स बाहिरबाट बललाई एलिसनलाइ मौका नदिइन माथिबाट जाली चुमाए र मोरक्कोलाई अग्रता दिलाए।

    यो विश्वकपमा अफ्रिकी च्याम्पियन मोरक्कोले दक्षिण अमेरिकी टोलीविरुद्ध गरेको पहिलो गोल थियो। यसअघि उसले सन् १९७० मा पेरु र १९९८ मा ब्राजिलविरुद्ध गोल गर्न सकेको थिएन।

    मोरक्कोले खेलमा दबाब कायम राख्दै पहिलो ३० मिनेटमै १२ प्रहार गरेको थियो, जुन सन् २०१८ मा मेक्सिकोसँग खेलेयता विश्वकपमा ब्राजिलले सामना गरेको सबैभन्दा धेरै प्रहार थियो। तर अवसरलाई गोलमा परिणत गर्न नसक्दा मोरक्कोले अग्रता जोगाउन सकेन।

    ब्राजिलका लागि ५०औँ खेल खेलिरहेका भिनिसियस जुनियरले ३२औँ मिनेटमा ब्रुनो गुइमाराएसको पास नियन्त्रण गर्दै डिफेन्डरलाई छलाए र शक्तिशाली प्रहारमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा लुकास पाक्वेटा ब्राजिललाई अग्रता दिलाउने नजिक पुगेका थिए, तर उनको आकर्षक प्रहार गोलकिपर यासिन बोनोले कर्नरमा परिणत गरे।

    दोस्रो हाफमा ब्राजिलले खेलमा सुधार देखाए पनि दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेनन्। राफिन्हा ब्राजिलका लागि विजयी गोलको सबैभन्दा नजिक पुगेका थिए, तर ब्रुनो गुइमाराएसको लो-क्रसमा उनी झिनो अन्तरले चुक्न पुगे।

    यस बराबरीसँगै मोरक्कोको विश्वकपको पहिलो खेलमा पहिलो जितको प्रतीक्षा अझै कायम रहेको छ भने ब्राजिलले विश्वकपको उद्घाटन खेलमा ९२ वर्षदेखि कायम अपराजित यात्रालाई निरन्तरता दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij