Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

संसद्को उद्योग समितिमा लफडा

संसद्को उद्योग समितिमा लफडा

  • काठमाडौं । संघीय संसद्‍को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा भएको छ ।

    images
    images
    images

    शुक्रबार समितिमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल थियो । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली बोल्दै थिए ।

    images

    ठूला दलहरूतर्फ संकेत गर्दै पराजुलीले जनताले सबै हेरिरहेको बताए । मानव तस्करी भइरहेको भन्दै पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा राखेका थिए । यो विषयमा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग थियो ।

    तर, अन्य दलका सांसदले समितिको छलफलको विषय भन्दा बाहिर गएर आफ्ना कुरा राखेको भनेर प्रतिवाद गरे । त्यसक्रममा सांसदहरूबीच हो–हल्ला चलेको हो ।

    वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीको पीडाबारे सरकारलाई सुझाव दिनुपर्ने कतिपय सांसदको आग्रह छ । नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा सरकारले अध्ययन गर्नुपर्ने सुझाव समेत प्रस्तुत भएका छन् ।

    images

    सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति नै गठन गरेको छ ।

    समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij