Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

रास्वपा र राप्रपाले बहिस्कार गरे प्रतिनिधि सभाको बैठक

रास्वपा र राप्रपाले बहिस्कार गरे प्रतिनिधि सभाको बैठक

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियार र राप्रपाका सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    images

    सांसद परियारले सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउन प्रहसन गरेको आरोप लगाउदै रास्वपालाई निषेध गर्न खोजेको आरोप लगाउदै यस्तो गर्न कसैले नसक्ने बताए ।

    उनले उपसभामुखको अवमुल्यन नगर्न चेतावनी दिए । त्यस्तै राप्रपा सांसद कार्कीले उपसभामुखलाई महाभियोग लगाउने प्रयासको विरोध गरेकी छन् ।

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij