Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

चुनावको परिणामले हार मानेका छैनौं : कुलमान घिसिङ

चुनावको परिणामले हार मानेका छैनौं : कुलमान घिसिङ

  • काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर हार नमानेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चूनावमा सोचेजस्तो परिणाम नआएपनि हार नमानेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । ‘पछिल्लो निर्वाचन हाम्रा लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलोका रूपमा हामीले लिएका छौं,’ घिसिङले भने ।

    AGNI GROUP

    जनताको विश्वास र माया आफूहरूले नगुमाएको उनले दाबी गरे । उनले भने, ‘आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा परिणत गर्नेगरी हामी अघि बढ्छौं ।’

    अबको समय पार्टी विस्तारमा लाग्नुपर्नै बताउँदै उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij