
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो ।
बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र वरिष्ठ सांसदहरू सहभागी छन् ।
उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावसँगै भूमि, निजामती, विद्यालय शिक्षा, संवैधानिक परिषद्लगायत विधेयकका विषयमा छलफल जारी रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij