Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पेट्रोलको नयाँ मूल्य

पेट्रोलको नयाँ मूल्य

  • काठमाडौं । भारतले पेट्रोलिय पदार्थको मूल्य यो पटक बढाएर पठाएको छ । यसभन्दा अघि ३ पटक मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन । आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची भारतीय आयल कर्पोरेसनले आज पठाएको छ । प्रत्येक १५ दिनमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर १ अर्थात आजबाट लागू हुने गरेर नयाँ मूल्यसूची पठाएको हो ।

    images
    images
    images

    नयाँ मूल्य सूचीअनुसार डिजल प्रतिलिटर ६.१२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १.३९ मूल्य वृद्धि भएर आएको हो । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । मूल्य वृद्धि भएर आएपछि निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँको घाटा रहेको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा रहेको छ । यसभन्दा पहिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij