
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । फेरि भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्य सूचीअनुसार डिजल ४।८४ र पेट्रोल १।९४ रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ ।
नेपाल आयाल निगमले यसअघि दुई पटकसम्म मूल्य घटेर आए पनि समायोजन गरेको छैन ।
पहिलो पटक साउन १ गते डिजेल प्रतिलिटर १६।५६ र पेट्रोल प्रतिलिटर १५।७६ रुपैयाँ घटेर आएको थियो । दोस्रो पटक साउन १६ गते पेट्रोल प्रतिलिटर १६।८० र डिजल प्रतिलिटर १२।४५ रुपैयाँ घटेर आएको थियो ।
पछिल्लो घटेको मूल्यले निगमलाई पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा भएको छ । डिजलमा भने अझै प्रतिलिटर ५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij