Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दाइजो थोरै ल्याएको भन्दै पत्नीको हत्या गर्ने पक्राउ

दाइजो थोरै ल्याएको भन्दै पत्नीको हत्या गर्ने पक्राउ

  • काठमाडौँ । दाइजो थोरै ल्याएको भन्दै पत्नी हत्या गरेर भागेका युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले ४ वर्षपछि पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ घर भएका ३३ वर्षीय अच्छन अलि अन्सारी छन् । उनलाई बाँकेको जमुनाहबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ । 

    २०७५ असार ३१ मा दाइजो थोरै ल्याएको भन्दै अन्सारीले पत्नी रुवी अन्सारीलाई लाठी र भालाले कुटपिट गर्दा गम्भिर घाइते रुवीको साउन २१ मा भारतको लखनउमा मृत्यु भएको सीआईबीले जनाएको छ । 

    असार २१ मा पक्राउ परेका अन्सारीलाई २०७७ चैतमा अदालतले २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij