
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । आज बिहानको वर्षाले ललितपुरका सडक जलमग्न भएका छन् । ललितपुरको थसीखेल-महालक्ष्मी स्थानका सडक जलमग्न भएको हो ।
वर्षाले सडक जलमग्न हुँदा त्यस क्षेत्रमा केही बेर यातायात पनि प्रभावित भएको थियो । सडकमै पानी जमेका कारण पैदल हिँड्ने यात्रु पनि प्रभावित भएका थिए ।
सामान्य वर्षा हुँदा पनि काठमाडौ, ललितपुर तथा भक्तपुर क्षेत्रका सडक जलमग्न हुने गरेका छन् । जसका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij