
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । भीमसेन मन्दिर अगाडि ऐतिहासिक शिलापत्र भेटिएकाे छ । ढल निकासका लागि पाइप जडानकाे गर्ने क्रममा १० फिट मुनि अन्दाजी साढे ४ फिट अग्लो शिलापत्र भेतिएको छ। सो शिलापत्रको कुदाइ हेर्दा उत्तर-लिच्छविकालिन भन्रे बुझिन्छ।
यसमा प्रयोग गरिएकाे दायाँ र बायाँकाे मृगः मयुर कोणबाट निर्मित धर्मचक्रले कुनै बौद्ध बिहार वा बौद्ध राजाले अभिलेख राख्न लगाएको देखिन्छ । यो झन्दै १४०६ बर्ष पुरानो देखिएकाे अनुमान गरिएकाे छ । जुन अंशुबर्मा कालिन हो । यस शिलापत्र पुरै पुरिएको अवस्थामा भेटिएको हो।
लिच्छविकालसम्म यस स्थानमा हःखाः खुसी (खोला) बग्थ्यो भन्ने जनश्रुति सुन्न पाइन्छ । विस्तुत अध्ययन गरिएपछि मात्र यसबारे थप जानकारी पाइने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij