
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाण्डौँ । ललितपुर महानगरपालिकाले कोरोना प्रभावितलाई आजदेखि सहयोग उपलब्ध गराउने भएको छ ।
महानगरपालिकाले कोरोना भाइरसको सङक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको परिवारलाई एक लाख २० हजार, आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभयो ।
आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म महानगरपालिकाको सभा हलमा सम्पर्क गर्न अनुरोध गरेको छ । राहत रकमका लागि परिचय खुल्ने कागजात लिएर जानुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij