Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

विषादीले कीरा मर्न छाड्यो

विषादीले कीरा मर्न छाड्यो

  • महोत्तरी । उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ । नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आउनुभएका उहाँका जग्गामा अहिले आलु, भण्टा, खोर्सानी र लौका तरकारीबाली छन् । 

    images
    images
    images

    खेती गर्न थालिकन धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आइपुगेको उहाँको अनुभव छ । अब पछिल्ला केही वर्षयता तरकारीखेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने  किसान यादवमा चिन्ता बढेको छ । उहाँका अनुसार केही वर्षयता तरकारीबालीमा अत्यधिक कीराको प्रकोप बढेको र  विषादीले पनि कीरा चिन्न छाडेको छ । रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij