Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

योमरी पुन्ही मर्होल्हासका साथ मनाइदै

योमरी पुन्ही मर्होल्हासका साथ मनाइदै

  •  ललितपुर । योमरी पुर्णिमा र ज्यापु दिवसको उपलक्ष्यमा आयोजित त्यःछिं त्यः कार्यक्रम सम्पन्न भएको छ । नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकारका रुपमा चिनिने योमरीसँग जोडिएका थुप्रै कथा किंवदन्तीहरू पाइन्छन् । जसमध्ये कुबेरसँग जोडिएको योमरीको कथा विशेष छ । नेपालका विविध जातिहरु मध्ये नेवार समुदायले मनाउने एउटा छुट्टै पर्व “योमरी पुन्हि” हो । यो पर्व नेपाल सम्वत्को दोश्रो महिना थिंला पुन्हि अर्थात् मार्ग शुक्ल पूर्णिमाको दिन मनाइन्छ । जसलाई धान्य पूर्णिमा पनि भनिन्छ । यो दिन नेवार समुदायले एक प्रकारको विशिष्ट मिष्ठान्न पकाइन्छ । जसलाई “योमरी” भनिन्छ ।  

    images
    images
    images

    268961862_874699596430984_1149732988717783814_n.jpgप्रमुख अतिथिको रुपमा रहनु भएका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय पम्फा भुषालले सांस्कृतिक जोगाउनु पर्ने र सम्पूण नेवार सुदामा योमरी पुन्हिको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताउदै शुभकामना पनि दिनु भयो । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हिका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने चलन रहेको स्थानियवासिन्दाले बताए ।268889675_268500655183674_2847881538373826624_n.jpg

    images

    विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हिको दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वासछ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

    योमरी पुन्हिको साँझ परापूर्वकालदेखि टोलटोलमा तिहारमा देँउसी, भैंसों खेले झैं केटाकेटी, युवायुवती जम्मा भई त्यः छिं त्यः भन्दै योमरी माग्ने चलन चल्दै आइरहेको छ । यही साँस्कृतिक पक्षलाई जीवन्त राख्न र कालान्तर सम्म निरन्तरता दिनको लागि ज्यापु समाज यलले विगत २ दशक अघिदेखि ललितपुर नगरका ४० सै टोलमा गई साँस्कृतिक बाजागाजा र नाचगानका साथ त्यःछिं त्यः कार्यक्रम भव्य रुपमा आयोजना गरी आइरहेको ज्याप समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij