
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा टिपर चालकको मृत्यु भएको छ ।
पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए ।
घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लान्ने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij