Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कोभिड–१९ विरुद्धको खोप धमाधम नेपालमा

कोभिड–१९ विरुद्धको खोप धमाधम नेपालमा

  •  काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप धमाधम आउन थालेपछि भण्डारमा समस्या भएको छ । व्यवस्थापन शाखाले खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखेपछि २० डिसेम्बर अर्थात् पुस ५ गते नेपाल आइपुग्ने १८ लाख ७० हजार ५०० मात्रा खोपलाई पोस्पोण्ड अर्थात् खोप आइपुग्ने समयलाई धकेलेको छ । 

    images
    images
    images

    पुस ५ गते नै भेरोसेल खोप १२ लाख १ हजार ८ सय ८७ भाइल आउने पहिला नै निश्चित भएकाले र त्यही दिनै कोभिशिल्ड खोप पनि आइपुग्ने भएकाले दुवै खोपलाई एकै दिनमा भण्डारण गर्न समस्या भएपछि कोभिशिल्ड खोप ल्याउने समयलाई धकेलिएको व्यवस्थापन महाशाखाले स्रोतले जनाएको हो ।  

    व्यवस्थापन महाशाखाले खोप भण्डारणमा खासै समस्या छैन भनिरहँदा पुस ७ गते पनि ११ लाख ८४ हजार ९ सय १३ भेरोसेल खोप नेपाल आइपुग्ने कन्फर्म  भएको थियो । तर, नेपालले पुस ५ गते १८ लाख ७० हजार ५०० मात्रा आउने भएकाले र पुस ७ गते आउने निश्चित भएको खोपको मिति पछि सार्नका लागि प्रस्ताव गरेको व्यवस्थापन महाशाखाका एक अधिकारीले बताए । यस्तै पुस ७ गते नेपाल आइपुग्ने भनिएको भेरोसेल ११ लाख ८४ हजार ९ सय १३ मात्रा जनावरीको दोस्रो हप्तामा पठाउन प्रस्ताव गरिएको छ । 

    corona-vaccine_11_JI5jD0EgYn.jpgट्रान्सपोर्ट गर्ने कन्टेनरमा खोप भण्डारण ?

    टेकु खोप भण्डारण केन्द्र नजिकै खोप ट्रान्सपोर्ट अर्थात् ओसारपसार गर्ने कन्टेनरमा कोरोनाविरुद्धको खोप राखिएको छ । खोप ओसारपसार गर्ने उद्देश्यले सो २० हजार लिटर क्षमताको कन्टेनरमा पनि खोप भण्डारण गरिएको छ । सो खोप भण्डारण गरिएको कन्टेनरलाई सबै बाटोमा गुडाउन असहज भएकाले खोप भण्डारण गरिएको व्यवस्थापन शाखाले जनाएको छ । हाल त्यसमा विद्युत् जडान गरेर  कोरोनाविरुद्धको खोप राखिएको छ । 

     सरकारसँग कति खोप स्टक छ ?

    कोरोनाविरुद्धको खोप केन्द्रको खोप भण्डारणमा करिब ६५ लाख स्टक छ । यस्तै प्रदेश र केन्द्रमा गरी एक करोड एक लाख ५० हजार मात्रा स्टक रहेको व्यवस्थापन शाखाले जनाएको छ । नेपालमा हालसम्म भेरोसेल, कोभिशिल्ड, फाइजर, मोडर्ना, जोन्सोन एण्ड जोन्सोन एस्ट्राजेनेका खोप गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ३८ मात्रा खोप आइपुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij