
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १८१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरिक ९८७२ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट १३३ र एन्टिजेनबाट ४८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २८९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ५२७१ जना सक्रिय स्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij