Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

अल्का अस्पतालले बाथरोग सम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले बाथरोग सम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर

  • ललितपुर ।  ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा आज देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

    images
    images
    images

    अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धी ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ ।

    images

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए । उनले आजबाट शुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामीण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए । 

    प्रमुख पाखरेलले भने, ‘यो बाथरोग विषयको शिविर हो, बाथरोगजस्ता विषयहरुमा स्वास्थ्य सेवाको पहुँच कम भएको हुनाले उपचार पाउन नसकेकाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिरहेका छौँ । यो स्वास्थ्यको पहुँच कम भएका जनसमुदायलाई नै लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यो पूर्णतया निःशुल्क शिविर हो । स्वास्थ्यजाँच मात्रै निःशुल्क होइन, स्वास्थ्य सेवा नै निःशुल्क हो ।’

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij