
Apr 19 2025 | २०८२, वैशाख ६ गते
जनकपुर । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोभिड सङ्क्रमण दर पुनःबढ्न थालेका छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
पुस ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । प्रदेशमा ६५ कोभिड सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij