
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिने भएको छ ।
ती ८ जिल्लामा वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ ।
मन्त्रालयले जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयका प्रधानध्यापकसँग समन्वय गरी तथ्यांक संकलन गरी खोप लगाइने जनाएको छ । थोरै विद्यार्थी भएका विद्यालयमा केही विद्यालयसमेत जोडेर एउटैमा र २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा केन्द्र कायम गरी खोप दिइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij