Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सातदोबाटो र संकटाले आर्मी र मछिन्द्रलाई चुनौती दिँदै 

सातदोबाटो र संकटाले आर्मी र मछिन्द्रलाई चुनौती दिँदै 

  • ललितपुर  । एन्फाको आयोजनामा आज (शुक्रबार) बाट पाँचौ चरणका खेलहरु हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो दिनका दुई खेल १ बजे र पौने पाँच बजे सुरु हुनेछ । 

    images
    images
    images

    पहिलो खेलमा नवप्रवेशी सातदोबाटोले साविक उपविजेता आर्मीलाई चुनौती दिँदैछ । जारी लिगमा सुरुआती ३ खेलमा सातदोबाटो निकै लयमा रह्यो । शीर्ष डिभिजन लिग पहिलो पटक खेलको उसले अन्तिम चौथो खेलमा मात्रै हार बेहोरो । आर्मी भने अन्तिम २ खेलबाट मात्रै आफ्नो लय समात्ने प्रयासमा छ । 

    images

    पाँचौ चरणमा दुबै टोली तीन अंक जोड्ने दाउमा छन् । खेल निकैनै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । मान बहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।

    भरत खवासको कप्तानीमा रहेको अपराजित आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउँमा छ । 

    लिगको दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई संकटाले चुनौती दिनेछ । रवि सिलवालको कप्तानीमा रहेकोसंकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ । मछिन्द्र ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । 

    images

    साझ हुने खेलमा संकटा मछिन्द्रलाई हराएर अप्रत्यासित नतिजा दिने दाउमा हुनेछ । युवा प्रशिक्षक बिष्णु गुरुङको साथ पाएको संकटाले युवा र अनुभवी खेलाडीको साथ मछिन्द्रलाई सहज जितबाट बञ्चित गराउने योजनामा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij