ललितपुर । ललितपुरको सुनाकोठीमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा चापागाउँका एक युवकको मृत्यु भएको छ ।
सुनाकोठीमा ट्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक चापागाउँका १७ वर्षीय रोहन पुजारीको मृत्यु भएको र ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।