Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

  • काठमाडौं । अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दाबढी हो । 

    images
    images
    images

    अहिलेसम्म पाँच करोड अमेरिकीलाई कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ । 

    खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो । 

    आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ । अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij