
Apr 21 2025 | २०८२, वैशाख ८ गते
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ । ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो ।
डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सबै देशहरुमा फैलिने चेतावनी दिनुभयो । समयमा नियन्त्रण नगरे बिश्व फेरि ओमिक्रोनको चपेटामा पर्ने भन्दै उहाँले विश्वलाई सचेत बनाउनु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij