
Apr 21 2025 | २०८२, वैशाख ८ गते
कोभिड–१९ विरुद्धको खोप नलगाउने २७ अमेरिकी सैनिक रोजगारीबाट निकालिएका छन् । गत अगष्टमा अमेरिकाको रक्षा मन्त्रालयले सबै सैनिकलाई कोरोना खोप अनिवार्य गरेको थियो ।
अमेरिकी सेनाकी प्रवक्ता एन स्टेनानिकले सैनिकहरुलाई कोरोना खोप नलगाएको विषयमा स्पष्टीकरण दिने मौका दिइएको तर उनीहरुले खोप नलगाउनुको चित्तबुझ्दो कारण दिन सकेका थिएनन् ।
अहिलेसम्म अमेरकी सेनाको विभिन्न सेवामा रहेका ७९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकामा आइतबार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij