
Apr 22 2025 | २०८२, वैशाख ९ गते
लन्डन। ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन संक्रमितका कारण अस्पतालहरूमा चाप बढेको बताएका छन् । प्रधानमन्त्रीले छिटो कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउन आग्रह गरेका बीबीसीले जनाएको छ ।
बेलायती वैज्ञानिकहरूले ओमिक्रोनबाट बच्न दुई खोपको मात्र पर्याप्त नहुने चेतावनी दिएका थिए । ओमिक्रोन र डेल्टा संक्रमितबारे गरिएको अध्ययनका आधारमा वैज्ञानिकहरूले नयाँ भेरिएन्टको संक्रमणबाट सुरक्षित रहन बुस्टर डोज आवश्यक हुने बताइसकेका छन् । बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना ७० देखि ७५ प्रतिशत हुने जनाइएको छ ।
बेलायती वैज्ञानिकहरूले ओमिक्रोन र डेल्टा भेरिएन्टबाट संक्रमित करिब ६ सय जनामा गरेको अध्ययनका आधारमा उक्त नतिजा सार्वजनिक गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij