Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन : गुल्मी

दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन : गुल्मी

  • गुल्मी । कोभिड-१९ को कारण अक्सिजन अभावको कारण बिरामीको ज्यान थालेपछि गत वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट  अभियान’ संचालन गर्‍यो । केही समयपछि सरकारबाट समेत बजेट बिनियोजन भयो । पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट प्लाण्ट निर्माण गरिएको हो ।

    images
    images
    images

    अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो भने नेपाल सरकारबाट एक करोड विनियोजन भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । फेयर ट्रेड काठमाडौंले एक करोड ३१ लाखको लागतमा प्लाण्ट निर्माण गरेको छ ।

    प्लाण्ट व्यावस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग वाणिज्य संघले निर्माण गरेको छ । अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले बताए । अब गुल्मी अस्पतालसंगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउने छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij