Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

खोपप्रति भारतीयको त्रासः कोही रुखमा चढ्छन, कसैले स्वास्थ्यकर्मी देखे चुकुल लगाउँछन्

खोपप्रति भारतीयको त्रासः कोही रुखमा चढ्छन, कसैले स्वास्थ्यकर्मी देखे चुकुल लगाउँछन्

  • नयाँ दिल्ली । भारतमा खोप बोकेर स्वास्थ्य कार्यकर्ता घरघरमा पुग्दा सर्वसाधरण भने भाग्न थालेका छन् । यही डिसेम्बरभित्र  सबैलाई कोभिड खोप लगाउने लक्ष्यसहित सरकारले तेलंगना राज्यमा सर्वसाधारणको घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । तर, कतिपय व्यक्ति भने खोप लगाउन अनिच्छा मात्र देखाएका छैनन्, स्वास्थ्यकर्मी देखेपछि अस्वभाविक व्यवहार देखाउन थालेका छन् । स्वास्थ्यकर्मी देखेपछि कसैले ढोका लगाएर लुक्न थालेका छन् भने कोही रुखको टुप्पोमा पुगेर खोपबाट ‘बच्न’ खोजेका छन् ।

    images
    images
    images

    त्यस्तै, अर्को एक घटनामा सांगारडे जिल्लाको अर्को एउटा क्षेत्रमा मानिसहरुको एउटा समूहले खोप लगाउन अस्वीकार गरेको छ । घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन् । केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ । 

    यसैबीच, खोप लिएर सर्वसाधारणको घरमा पुगेका कर्मचारीलाई हातपात गर्ने व्यक्तिलाई मुद्दा चलाउन स्थानीय सरकारले प्रहरी प्रशासनलाई आदेश दिएको छ । 


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij