
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १७०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६२८, ललितपुरमा ५९८ र भक्तपुरमा ४८३ सक्रिय संक्रमित छन्। नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ४७२ जनाको पिसिआर परीक्षण र ४०१५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन् । ३३७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।९ प्रतिशत छ। आज संक्रमणबाट ३ को मृत्यु भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij