Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

साथी बन्दै ललितपुर महानगर : ताम्राकार परिवारलाई दशलाख !

साथी बन्दै ललितपुर महानगर : ताम्राकार परिवारलाई दशलाख !

  • ललितपुर । आगलागी पीडित ताम्राकार परिवारलाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

    images
    images
    images

    यहीँ कार्तिक १९ गते म्हँ पूजाको साँझ ललितपुर महानगरपालिका(१२ चक्रबहीलस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको थियो ।

    images

    उक्त आगलागीमा परी ६७ वर्षीय ताम्राकारसहित उनकी ३५ वर्षीया छोरी अन्जना ताम्राकार, ३५ वर्षीया बुहारी रचना ताम्राकार र १० वर्षीय नाति निर्जल ताम्राकार गरि एकै परिवारका चार जनाको ज्यान गएको थियो ।

    आगलागीमा परी घाइते भएका उनका छोरा निरज भने पाटन अस्पतालमा उपचार पछि घर फर्किएका छन् । कान्छी छोरी पनि यतिबेला उचारको क्रममै छन् ।

    एकै परिवारमा भएको यो दुखद् घडीलाई मध्यनजर गर्दै महानगरीय विपद् व्यवस्थापन समितिले पीडित परिवारलाई दस लाख सहयोग गर्ने भएको हो ।

    images

    यसका साथै आगलागीमा परी घाइते भएका सबैको औषधी उपचार खर्च पनि महानगरपालिकाले नै व्यहोर्ने र आगलागी भएको सो घर पुनर्निर्माणको लागि नक्शा पास गर्दा लाग्ने राजस्व पनि छुट दिने महानगरपालिकाले जनाएको छ ।

     

    inbound3235071498321646576.jpgगि नक्शा पास गर्दा लाग्ने राजस्व पनि छुट दिने महानगरपालिकाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij