
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij