
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार आठ सय १० जनाको नमुना परीक्षणमा सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । थप तीन सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
तीन सय चार जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार दुई सय पाँच पुगेको छ । निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै यही अवधिमा कोरोनाबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij