Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नाकामा सरकारको गम्भीर आँखा

नाकामा सरकारको गम्भीर आँखा

  • कञ्चनपुर । भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन लागेको केही समयमै उनको एन्टिजेन परीक्षण भयो । एन्टिजेनको रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले रोकामगरलाई बोलाए र छुट्टै बस्न आग्रह गरे । 

    onlinepatrika
    Arghakhachi

    तर, उनीसँगै आएका साथीहरू भने आफ्नो सामान बोकेर बाटो लागे । भारतमा रोजगारी गरेर घर फर्किएका ५० वर्षीय रोकामगरको कोरोना संक्रमण (एन्टिजेन रिपोर्ट पोजेटिभ) देखिएपछि स्वास्थ्यकर्मीले उपचारका लागि महाकाली अस्पताल पठाए । 

    AGNI GROUP

    यस्तै गत बिहीबार भारतबाट फर्किदै गरेका दैलेखका २६ वर्षीया पार्वती विक र उनका ८ वर्षीय छोरा रमित विकमा पनि एन्टिजेन रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई पनि अहिले महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । 

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अहिले कञ्चनपुरमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । गत महिनासम्म कोरोनाको संक्रमणदर न्यून रहे पनि पछिल्लो समय भने विस्तारै बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । 

    नाकामा सर्तकता

    kanchanpur-naka-1-.png.pngकोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै कञ्चनपुरको पश्चिमी नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिने व्यक्तिबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणको दायरा फराकिलो पारिएको हो । 

    ‘ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ट भएकाले स्वास्थ्य मान्त्रालयले नाकामा पोजेटिभ देखिएका संक्रमितको रिर्पोट मागेको छ,’ उनले भने, ‘संक्रमितहरूको ओमिक्रोन परिक्षणका लागि महाकाली अस्पतालले स्वाब लिएर धनगढी प्रयोगशाला हुँदै केन्द्रीय प्रयोगशालामा पठाउने गरेको छ ।’ 

    ओमिक्रोन परिक्षणको रिर्पोट नआउँदासम्म संक्रमित व्यक्तिलाई महाकाली अस्पतालको आइसोलेसनमै राखेर उपचार गरिने उनले बताए । 

    भारत प्रवेशमा कडाइ

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतले पनि सीमा नाकामा कडाइ गरेको छ । यसरी भारत जानेहरूलाई खोप लगाएको कार्ड र परिचयपत्र अनिर्वाय गरिएको छ । भारतले कोरोना खोपको दुवै मात्रा लगाएको १५ दिनपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिने व्यवस्था गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij