
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । काठमाडौँको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खला रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।
दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij