Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अदुवा खाँदा स्वास्थ्यमा यी सात फाइदा

अदुवा खाँदा स्वास्थ्यमा यी सात फाइदा

  •  

    images
    images
    images

    काठमाडौ‌– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् होला जहाँ अदुवा नै नहोस् । चिया र तरकारीमा मात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएको छ । 
    अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ ।

     

    अदुवाकाे फाइदारू

    १.भाइरससँग लड्ने क्षमता

    अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।

    २. रेडिकल्स नष्ट गर्छ

    शरीरमा पैदा हुने फ्रि रेडिकल्सलाई निस्तेज गर्न पनि अदुवाले सहयोग गर्छ । यस्ता रेडिकल्सले हाम्रा कोशहरुमा नोक्सान पुर्याउँछन् ।

    ३. दुखाई हटाउँछ

    अदुवाको प्रयोगले हड्डी तथा जोर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथरोगहरुबाट पनि हामीलाई टाढा राख्न सहयोग गर्छ ।

    ४. रगत सफा गर्छ

    अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।

    ५. पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ

    अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।

    ६. खोकी कम लाग्छ

    अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसले सहयोग गर्छ ।

    ७. दुखाइ कम गर्छ

    अदुवाले हाम्रो रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij