Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चोरी भएको 'वसुन्धरा'को मूर्ति फेला

चोरी भएको 'वसुन्धरा'को मूर्ति फेला

  • ललितपुर । गोदावरीमा चोरी भएको वसुन्धरा भगवानको मूर्ति फेला परेको छ ।

    images
    images
    images

    यही मंसिर १४ गते रातको समयमा ललितपुर जिल्ला गोदावरी स्थित सिद्धेश्वर महादेव मन्दिरबाट विष्णु भगवानको मूर्ति एक थान र वसुन्धरा भगवानको मूर्ति एक थान चोरी भएको थियो ।

    images

    हराएका दुई मूर्ति खोजतलास गर्ने गराउने क्रममा प्रहरीले हराएको झण्डै एक साता पछि (हिजो) वसुन्धरा भगवानको मूर्ति फेला पारेको हो ।

    प्रहरीका अनुसार १ फिट अग्लो र ८ ईन्च चौडा भएको ढुङ्गाबाट बनेको उक्त वसुन्धरा भगवानको मूर्ति सोही स्थान नजिकै जंगलमा फेला परेको हो ।

    यस्तै, अर्को मूर्तिको खोजि र यसबारे थप अनुसन्धान कार्य भइहेको प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij