Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

१३ महिला स्वयंसेविका सम्मानित

१३ महिला स्वयंसेविका सम्मानित

  • लमजुङ  । बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाले १८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सम्मान तथा बिदाइ गरेको छ । ६० वर्ष उमेर पुगेका नगरपालिका भित्रका १३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै प्रोत्साहन स्वरुप जनही ३० हजार रुपैयाँ प्रदान गरी बिदाइ गरिएको हो  ।

    images
    images
    images

    सम्मानित हुने वडा नम्बर १ का सुशीलादेवी लोहनी, तुलसी गुरुङ, खिलाकुमारी बुढाथोकी, वडा नम्बर ६ का हर्कुमाया अधिकारी, वडा नम्बर ७ का विष्णुमाया पौडेल, भक्तकुमारी बस्नेत, वडा नम्बर ८ का मिठुमाया सुयल, राममाया श्रेष्ठ, वडा नम्बर ९ का रत्नकाशी गुरुङ, पशुपती अधिकारी, वडा नम्बर ११ का चमेली श्रेष्ठ, शान्ताकुमारी पन्त र भवानीकुमारी जोशी रहेका छन् ।  

    उमेर हदका कारण बिदा हुनेलाई मेयर गुमानसिंह अर्याल, प्रमुख प्रशासकिय अधिकृत इमानाथ कडेंल र शिक्षा शाखाका उपसचिव किसानराज चिलुवालले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij