Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सुत्केरी अस्पताल जान मर्स्याङदी गाउँपालिकाले नि:शुल्क यातायातको व्यवस्था गर्ने

सुत्केरी अस्पताल जान मर्स्याङदी गाउँपालिकाले नि:शुल्क यातायातको व्यवस्था गर्ने

  • लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क यातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने नि:शुल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।

    गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पताल सम्म पुग्नुपरेमा पनि नि:शुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ ।

    नि:शुल्क यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनको भाडा तिर्न सहयोग गरिने अध्यक्ष गुरुङले बताए । 

    कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न पुकाषेलाई यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij