
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाण्डौ – नेपालमा एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज शुक्रवार दिउँसो ती खोप काठमाण्डौ आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।
अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र फाइजर खोप लगाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij