
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । कार्नटन राज्यका दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ । भारतीय अधिकारीले ओमिक्रोन संक्रमितको सम्र्पकमा आएका सबैको परीक्षण गरिएको जनाएका छन् । भारतले बुधबारदेखि बेलायत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, बंगलादेश हङकङ र इजरायलबाट भारत आउनेलाई विशेष निगरानी गर्ने भएको छ ।
नेपाल सरकारले पनि अत्यावश्यक काम नभई विदेश नजान अनुरोध गरेको छ । अफ्रिकी मुलुकमा पहिचान भएको आमिक्रोन (बि.१.१.५२९) विश्वका विभिन्न मुलुकमा देखापर्न थालेकाे छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई अरेबिया, हङकङ, दक्षिण कोरियासहित विश्वका २ दर्जनभन्दा बढी देशमा यो भेरियन्ट देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij