Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

फोनबाटै विशेषज्ञ परामर्श सेवा सुरु : वीर अस्पताल

फोनबाटै विशेषज्ञ परामर्श सेवा सुरु : वीर अस्पताल

  •   काठमाडौँ । वीर अस्पतालमा टेली कन्सलटेन्ट केन्द्रको शुभारम्भ गरिएको छ। 

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य संस्थाहरु शहरी क्षेत्र केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बिरामीलाई सामान्य अवस्थामा पनि स्वास्थ्य सेवाको पहुँच असहज र खर्चिलो भएकाले निशुल्क फोन परामर्श सेवा दिन टेलि कन्सलटेन्ट केन्द्र स्थापना गरिएको वीर अस्पतालका निमित्त प्रमुख कार्याकारी अधिकारी डा.भूपेन्द्र बस्नेतले बताए। विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा टेली मेडिसिन केन्द्र सञ्चालनमा ल्याइएको डा बस्नेतले जानकारी दिए। यो सेवा लिन ११३३ नम्बरमा फोन गर्नुपर्ने हुन्छ।

    AGNI GROUP


    युरोपियन राष्ट्रहरुमा ओमिक्रोन नामक नयाँ कोरोना भाइरसको संक्रमण बढीरहेको समयमा वीर अस्पतालमा सुरु भएको टेलिकन्सलटेन्ट सेवा बिरामीका लागि प्रभावकारी हुने डा .बस्नेतले बताए। उनले हाल वीर अस्पतालमा कोरोना संक्रमतिका लागि पर्याप्त बेड, एचडियु तथा आइसियु उपलब्ध रहेको र आवश्यकता परेमा ५०० बेडसम्म सञ्चालन गर्न सक्ने अवस्थामा रहेको पनि जानकारी दिए।

    कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले नेपालमा सात वटा प्रादेशिक टेली मेडिसिन केन्द्र र एउटा केन्द्रीय टेली मेडिसिन केन्द्र स्थापना गर्न विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको जानकारी दिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij