Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आगलागी पीडितलाई नगद र न्यानो कपडा सहयोग

आगलागी पीडितलाई नगद र न्यानो कपडा सहयोग

  • मुगु । मुगु गमगढीका आगलागी पीडित परिवारलाई छायानाथ रारा नगरपालिकाले आर्थिक सहयोग र लायन्स क्लब अफ रारा मुगुको आग्रहमा लायन्स क्लब अफ नेपालले न्यानो ओड्ने लुगा सहयोग गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    नगरपालिकाले छायानाथ रारा नगरपालिका-१ तल्लो बजारका आगलागी पीडित १९ परिवारलाई प्रतिपरिवार ४० हजार रुपैयाँ र भाडामा व्यवसाय गरेर बसेका २५ व्यवसायीलाई प्रति व्यवसायी २० हजारका दरले सहयोग गरेको छ । यस्तै कोठा भाडामा बसेका परिवारलाई प्रति परिवार १० हजारका दरले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए । 

    AGNI GROUP

    यस्तै, गत बर्ष भारतको उत्तराखण्ड चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउँ पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पनि नगरपालिकाले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग गरेको नगरपालिकाका खरिदार हिमबहादुर बढुवालले बताए । विभिन्न निकायबाट लत्ताकपडा, भाडाकुडा र खाद्यन्न सहयोग भए पनि आगलागी पीडित परिवारसँग नगद नहुँदा उनीहरूको दिनचर्या कठिन बनेकाले नगद सहयोग गरेको नगरप्रमुख हरिजंग शाहीले बताए । मंगलबार आगलागी पीडितलाई लायन्स क्लब अफ रारा मुगुले कम्बल र सिरक वितरण गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij