Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

  • अछाम ।  अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परी मंगलसेन नगरपालिका - १४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका - १ बस्ने २१ बर्षीय एकेन्द्र थापाको ज्यान गएको प्रहरीको भनाइ छ । 

    प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij