Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोनु’ तीव्र गतिमा फैलिँदै

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोनु’ तीव्र गतिमा फैलिँदै

  •  

    images
    images
    images



    काठमाण्डौ । 

    नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ ।

    न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

    ओमिक्रोन भेरियन्टको असर कम गर्न बेलायतले कोराना विरुद्धको बुस्टर डोजलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ । यस्तै, बेलायतका स्वास्थ्यमन्त्रीले सार्वजनिक  मास्कलाई समेत अनिवार्य गरिएको बताएका छन् ।

    यस्तै, अस्ट्रेलियाले अफ्रिकी देशबाट आउने यात्रुलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । इजरायलले अन्य देशबाट आउने यात्रुलाई दुई हप्तासम्म प्रतिबन्ध लगाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij