Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

देशका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निशुल्क सुइ लगाउने व्यवस्था

देशका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निशुल्क सुइ लगाउने व्यवस्था

  •  ललितपुर । बिहीबार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर ५ गतेबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निस्शुल्क सुइ लगाउने व्यवस्था मिलाएको छ। मन्त्रालयले प्रदेश १ को कोशी अस्पताल विराटनगर, प्रदेश २ को जनकपुर अस्पताल धनुषा, बागमती प्रदेशको मदन भण्डारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायण अस्पताल बीरगञ्ज र भरतपुर अस्पताल चितवनमा सो व्यवस्था मिलाएको हो।  यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा प्रवाह गरिएको छ।  तत्काल सातै प्रदेशका प्रमुख अस्पतालहरुबाट लिन सकिने सो सेवा आगामी दिनमा सबै जिल्लामा व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij