Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

निर्माण सुरु भएको सात वर्ष वितिसक्दा बन्न सकेन जयवागेश्वरी स्वास्थ्यचौकीको भवन

निर्माण सुरु भएको सात वर्ष वितिसक्दा बन्न सकेन जयवागेश्वरी स्वास्थ्यचौकीको भवन


  • ललितपुर । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन। 

    onlinepatrika
    Arghakhachi

    भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ।

    AGNI GROUP

    रु एक करोड ६९ हजार १६ हजार ५३२ मा यमकेदेवी सिंह जेभी धनगढीले सम्झौता गरेर काम सुरु गरेको थियो। काम गर्ने सम्पर्क व्यक्ति भने त्यहाँका स्थानीयवासी बमबहादुर शाही रहेको कार्यालयले जनाएको छ। सम्झौताका बेला २०७४ मङ्सिर १३ गते सम्पन्न गर्ने गरी भएको थियो। तर ठेकेदारको लापरबाहीका कारणले अहिलेसम्म पनि काम सम्पन्न नभएको पाइएको छ।

    भवन निर्माण काम भने सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीबाट सुरु भएको हो। कार्यालयका सवइञ्जिनीयर अभिषेक मलासनीका अनुसार काम गर्ने ठेकेदारको लापरवाहीका कारण भवन निर्माण अलपत्र परेको हो।

    भवन निर्माण गर्ने ठेकेदारलाई पटक(पटक ताकेता गर्दा पनि बेवास्ता गरेको कार्यालयले जनाएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले तीन पटकसम्म म्याद थप गर्दा पनि काम हुन नसकेको बताइएको छ। काम सम्पन्न गर्ने गरी म्याद थप गरेको मलासनीको भनाइ छ। भवन निर्माण नहुँदा स्वास्थ्यचौकी जीर्ण भवनमा सञ्चालन भइरहेको स्वास्थ्यचौकी इन्चार्ज बद्री सुनारले बताए। पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको छ। प्रसूति सेवादेखि स्वास्थ्य उपचार सेवा पनि एउटै कोठामा गर्नुपरिरहेको बाध्यता रहेको सुनारको भनाइ छ। 

    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भवन अलपत्र रहेको बारेमा प्रशासनमा कुनै जानकारी नआएको बताए। स्वास्थ्यचौकीको भवन अलपत्र अवस्थामा र निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहीका लागि पत्रचार गर्ने उनको भनाइ छ। जयवागेश्वरी स्वास्थ्यचौकी साविकको जयवागेश्वरी गाविसको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकी रहेको छ। 

    यहाँ उपचारका लागि दैनिक २० जनाभन्दा बढी आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ। २०६८ सालको जनगणना अनुसार जयवागेश्वरीमा ४७३ घर परिवारका दुई हजार ५१२ जनसङ्ख्या छ। उनीहरु सबैको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकी जयवागेश्वरी स्वास्थ्यचौकी हो। समयमै भवन निर्माण नहँुदा उपचारसेवा समेत प्रभावित भएको छ। रासस

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij