Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हैजाविरुद्धको खोप आइपुग्यो

हैजाविरुद्धको खोप आइपुग्यो

  • ललितपुर । हैजा विरुद्धको साढे २ लाख डोज खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल भित्र्याइएको जनाएको छ । उक्त खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने मन्त्रालयले जनाएको छ ।  

    images
    images
    images


    आगामी आइतबार खोप लगाउने तयारीका साथ काम भइरहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुको कृष्ण नगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij