
Apr 22 2025 | २०८२, वैशाख ९ गते
आजमात्रै ७ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । आजमात्रै ७ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३ सय ८ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij