
Jun 08 2025 | २०८२, जेठ २५ गते
देवीचौर हत्याकाण्ड घटनास्थलको मुचुल्कासँगै अपराधी खोज्न अप्रेशन प्रारम्भ गरेको ललितपुर प्रहरीले २४ घण्टा नबित्दै घटनामा संलग्न निम्न ४ जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।
ललितपुर । देवीचौर हत्याकाण्डका ४ जनालाई आरोपीलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ । गत असोज ११ गते देवीचौर सलेनी खोल्सामा २९ बर्षिय राजकुमार भुलुनको टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटनास्थलको मुचुल्कासँगै अपराधी खोज्न अप्रेशन प्रारम्भ गरेको ललितपुर प्रहरीले २४ घण्टा नबित्दै घटनामा संलग्न निम्न ४ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा रजीना भुलुन (मृतककी श्रीमती), देवीचौरका ज्ञान कुमार सिंतान, सुनीता सिंतान (मृतककी साली) र लक्ष्मी ब्लोन रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij