
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । दक्षिण ललितपुरको वागमती ५ वडा कार्यालयमा निर्माण व्यवसायीले ताला लगाएका छन् । इकुडोलको देवीथान– तिनघरे सडकखण्डको मर्मतको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले ताला लगाइदिएका हुन् ।
गाउँपालिकाले भुक्तानी नदिएको विषयमा वडा कार्यालयमा तालाबन्दी गरिदिएपछि वडाध्यक्ष साजन दर्लामी भने असन्तुष्ट छन् । दर्लामीले भने, ‘तालाबन्दीको विषयमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनलाई जानकारी दिएँ र चाँडै तालाबन्दी खोल्ने वातावरण मिलाउने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij